• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

चार जना मृत फेला

२४ माघ २०८१, बिहिवार
31

काठमाडाैं - बाँकेसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । 

  • बाँके, नेपालगंज उपमहानगरपालिका १९ भैयापुरस्थित राझा देखि आलानगर जाने सडक नजिकैको पेटीमा मुगु खत्याड गाउँपालिका ११ बस्ने २८ वर्षीय विक्रम शाही बुधबार मृत अवस्थामा फेला परेका छन् ।
  • संखुवासभा, चिचिला गाउँपालिका(१ डाँडा गाउँ बस्ने ३७ वर्षीय तेज बहादुर गुरुङ सोही ठाउँस्थित सडक छेउमा गए राति मृत अवस्थामा फेला परेका छन् । 
  • सुनसरी, बर्जु गाउँपालिका४ हस्नपुरस्थित बेलाहाबाट साहेबगंज जाने सडक छेउमा सोही ठाउँ बस्ने २८ वर्षीय रूपेश कुमार चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
  • कैलाली, गोदावरी नगरपालिका ८ श्रीपुरस्थित परालको कुनिउ मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

COMMENT

.