
काठमाडौं – यति बेला सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा दुई जना राजावादी युवाले तीनकुनेमा घर जलाउँदै छन् । उनीहरुले घर मात्रै जलाएनन् घरसँगै एक जना पत्रकार पनि जलेका थिए ।
छातीमा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानीको फोटोको ट्याटु खोपेका ती युवा दुर्गा प्रसाईं निकट भएको पाइएको छ । उनले हातमा राजतन्त्र जिन्दावाद लेखेर ट्याटु खोपेका छन् । प्रहरीले ती दुई युवालाई चैत्र १९ गते नै पक्राउ गरेको थियो । चैत १५ तीनकुने क्षेत्रमा हिंसा भड्किएपछि एउटा घरको पेटीमा बसेर कराइरहेका युवक नै उक्त घरमा आगो लगाउने मुख्य अभियुक्त रहेको प्रहरीले बताएको छ ।
रामेछापको सुनापानी गाउँपालिका–१ निवासी २२ वर्षीय तारा राजावादी भनिने सरोज गौतमको नेतृत्वमा उक्त घरमा आगो सल्काएको पत्ता लागेको छ।चैत १५ गते नै गौतम तीनकुनेस्थित एक घरको पेटीमा बसेर कराइरहेको भिडियो भाइरल भएको थियो । त्यसबेला उनलाई प्रहरीले लाठी हानेको थियो भने अश्रुग्यासले भेटेर उनी आँसुसरी भएका थिए ।
पक्राउ परेका गौतमलाई दूर्गा प्रसाईंले आफ्नो समूहका अनवरत तत्पर फौजका प्रवक्ता एवम् जनसम्पर्क विभाग प्रमुखका रुपमा खटाएको खुलेको छ ।आफ्नो उपनाम नै राजावादी राखेका सरोज चैत १५ गतेको प्रदर्शनलाई भड्काउनेमध्ये एक थिए । दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले निषेधित क्षेत्र तोड्न भिडलाई उकासेपछि अवस्थालाई हिंसात्मक बनाउन भूमिका खेल्ने पात्रमध्ये एक थिए सरोज गौतम ।
उनी र अछामको पञ्चदेवल नगरपालिका–५ निवासी अनुपविक्रम शाही ठकुरी राजावादी भनिने गोकर्ण शाहीले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकले भिडियो खिचिरहेको अवस्थामा मार्बल हाउसको पहिलो तलामा आगो लगाउँदै गरेको भिडियो नै अपराध अनुसन्धान कार्यालयले भेटेको छ।घरको पहिलो तलमा आगो झोस्दे गर्दा उनी भनिरहेका थिए, ‘बल्यो बल्यो हाम्रो आन्दोलन रोकिनेवाला छैन । दम भए छेकेर देखाऊ । अब अब हेर्नु हाम्रो टेलर के हो ।’
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.