• १३ मंसिर २०८२, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेः प्रधानमन्त्री

१३ असार २०८२, शुक्रवार

काठमाडौं, १३ असारः प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसाग जोडिने बताएका थिए । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेका थिए । “हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पु¥याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ ।  यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा  लेख्नुभएको छ । रासस

COMMENT

.