
काठमाडौं - तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा आइतबार केही व्यक्तिले आक्रमण गरेका छन्। यस हमलामा अल्लु अर्जुनको घरअगाडिका भाँडा र अन्य सामान तोडफोड गरिएका छन्।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा उनको घरअगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ। साथै तोडफोड गरिएका भाँडाकुँडा पनि देख्न सकिन्छ। बीबीसी तेलुगु सेवाका अनुसार अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले अल्लु अर्जुनको फिल्म ‘पुष्पा२ः द रुल’ प्रदर्शनका क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा न्यायको माग गरिरहेका थिए। हालै एक थिएटरमा पुष्पा २ फिल्म प्रिमियरका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो।
उक्त प्रकरणमा अल्लु अर्जुनविरुद्ध पनि जाहेरी दर्ता भएको छ। केही दिनअघि भारतको हैदराबाद प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो। तर तेलंगाना उच्च अदालतको आदेशमा उनी एक साताका लागि धेरौटीमा रिहा भएका छन्। उक्त प्रकरणबारे सामाजिक सञ्जालदेखि तेलंगाना विधानसभासम्म चर्चा भइरहेको छ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.