
काभ्रेपलाञ्चोक, ६ वैशाख – धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले बैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो । नगरले युवालगायत परिषद्मार्फत नियमित रूपमा विभिन्न तालिम प्रदान गर्दै आएको छ । हालसम्म एक हजार ८४० लाई सीपमूलक तालिम, ८०० लाई स्वरोजगार उपलब्ध गराउनुका साथै १३० लाई उद्यामी बनाइसकेको छ । नगर रोजगार संयोजक सम्झना नेपालका अनुसार २४० युवालाई वैदेशिक रोजगारयुक्त सीपमूलक तालिम प्रदान गरिएको छ ।
नगरप्रमुख अशोक ब्याञ्जूले युवालगायतका परिषद् गठन गरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्यले नियमित तालिम आयोजना गरिएको बताएका थिए । उनका अनुसार तालिम लिएकालाई पनि घर छाडेर अन्यत्र रोजगारी चाहेमा उपत्यकाका विभिन्न होटल तथा सङ्घसंस्थामा अवसर उपलब्ध गराइने तथा नगरभित्र रोजगार चाहनेलाई पर्यटकीयस्थल काभ्रेपलाञ्चोकको धुलिखेलका स्थानीय सेवाप्रदायक संस्थासँग समन्वय गर्ने कार्य भइरहेको छ ।
यस्तै दिगो विकास लक्ष्यका सूचकहरू पूरा गर्दै गएको उल्लेख गर्दै उनले गरिबी शून्य भएको सहर बनाउन काम गरिएको बताउनुभयो । “धुलिखेलका ठूला होटललाई रोजगारीको ३० प्रतिशत धुलिखेलवासीलाई दिन अनुरोध गर्दै त्यसो गरिए करमा १० प्रतिशत छुट दिने यसअघि गरिएको घोषणा कार्यान्वयनमा जानेछौँ”, उनले भने । सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । यसमध्ये युवालाई बेकरी, मोबाइल मर्मत तथा ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको हो ।
नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिकरूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्याञ्जूले बताएका थिए । उनका अनुसार नगर बेरोजगारी न्यूनीकरण गरी रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने अभियानमा छ ।
धुलिखेल रोजगार केन्द्रका अनुसार नगरको समन्वयमा वेटर तथा हाउसकिपिङ तालिम सकेका ४८ लाई भक्तपुर र काठमाडौंका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको छ । केन्द्रद्वारा वेटर÷वेट्रेस तथा हाउसकिपिङसम्बन्धी १६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात् उक्त सङ्ख्यामा भक्तपुरको सुमेरु र काठमाडौंको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रूपमा पारिश्रमिकसहित रोजगार प्रदान गरिएको जनाइएको छ ।
चालु आर्थिक वर्षमा १६ वटा आयोजनाका लागि २४१ जना छनोट भएमध्ये महिला १८३ जना र पुरुष ५८ जना रहेका छन् । उनीहरूले विभिन्न तालिम लिइरहेको र काम गरिरहेको केन्द्रले जनाएको छ । यस्तै बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराउँदै आएको छ । नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अनुरोध गर्दै आएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमूना केन्द्रका रुपमा लिइएकाले धुलिखेलमा आइडिएमार्फत रु ५३ लाख ६२ हजार र नेपाल सरकारमार्फत रु १३ लाख रकम पुँजीगत र चालु शीर्षकमा गरी रु ६६ लाख ६२ हजार रकम उक्त कार्यमा विनियोजन भएको हो । सडक मर्मत तथा सम्भार, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य पूर्वाधार, शिक्षा, वन तथा जलाधार क्षेत्रमा छनोट भएका योजनामा सूचीकृत बेरोजगारले श्रम गर्नेछन् । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.