
काठमाडौं – नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनले केही दिनमा नै पत्रकार सम्मेलन गरेर नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेको रावल निकट स्रोतले बतायो ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयबारे पनि पत्रकार सम्मेलनमार्फत नै आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ । त्यसपछि रावल नयाँ पार्टी लिएर देशव्यापी अभियानमा निस्कने छन् । देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टीलाई नागरिकमाझ पुर्याउनु रहेको रावल निकट स्रोतले बतायो ।
एमालेले निष्कासित गरेपछि भीम रावल माधव कुमार नेपालको एकीकृत समाजवादीमा जाने हल्ला चलेको थियो । तर रावल आँफै पार्टी खोल्न कस्सिएका हुन् । रावलको सुदूरपश्चिममा राम्रो पकड रहेको बताइन्छ ।
दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबार रावललाई पार्टीबाटै निस्काशित गरेको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.