
झापा, २७ फागुन – मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ ।
कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन् । वडा नं ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । “बारीको त कुरा छाडौँ, न पकाएर राखेको भात पनि खान पाउन छाडियो,” उनले भने, “हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन, बसाइ नै हिँड्नुपर्ने भइसक्यो ।” उनले पहिला पहिला मान्छे देख्ने बित्तिकै भाग्ने बाँदर अचेल महिला केटाकेटी मात्र देखे भने झम्टिएर आउने गरेको बताएका छन् ।
बारीमा लगाएको मकै, गहुँ, केरा, सुपारीलगायत मौसमी अन्नबाली र फलफूल सबैमा बाँदरले क्षति गर्दै आएको स्थानीय कुसुम गौतमले बताएका छन् । स्थानीय क्षेत्रको चिया बगान, सामुदायिक वन र बाँसघारीलाई बासस्थान बनाएर बसेका बाँदर नखेद्ने हो भने बाँहुनडाँगीवासीले गाउँ छाडेर हिँड्नुको विकल्प नभएको उनको भनाइ छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले विगत पाँच वर्षदेखि बाहुनडाँगी क्षेत्रमा बाँदरले दुःख दिँदै आएको बताएका छन्। उनले हाल बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्कभन्दा बाँदर आतङ्क बढी भएको बताएका छन् । “हात्तीले त खेतबारीको अन्नबाली मात्र खाइदिन्थ्यो”, उनले भनेका छन्, “बाँदरले त चुलोमा पकाएर राखेको भात नै खाइदिँदोरहेछ, यसको नियन्त्रणबारे छलफल भइरहेको छ विधि पत्ता लगाउन सकेका छैनौँ ।”
उनले किसानलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले वन्यजन्तुबाट अन्नबालीमा पु¥याएको क्षतिको वडामा परेका निवेदनका आधारमा राहत दिँदै आएको बताएका छन् । उनले किसानलाई राहत दिने उद्देश्यले नै निकट भविष्यमै बाहुनडाँगीवासीका सबै प्रकारका कृषि बालीमा बिमा गरिदिने सोच राखेको बताएका छन् । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.