
काठमाडौं – साउथ सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् । शुक्रबार हैदरावाद प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । चलचित्र ‘पुष्पा–२’ को प्रिमियरको क्रममा भागदौड भएको थियो ।
भागदौडमा एक महिलाको मृत्यु भएको थियो । यही मामलामा प्रहरीले उनलाई पक्राउ गरेको हो। यसअघि प्रहरीले यही मामिलामा तीन जना लाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेका छन् । प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.