बारा– बारामा व्यवसायीलाई पत्रकारिताको आडमा धाकधम्की दिई रकम असुल गरेको आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पत्रकारिताको नाममा व्यापारीलाई धाकधम्की दिई रकम असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० ४५ वर्षीय विष्णु सर्राफलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
‘विष्णु सर्राफले पत्रकार हुँ भन्दै पत्रकारिताको आडमा धाकधम्की दिई रकम असुल गर्नेजस्ता कार्य भइरहेको सूचनाका आधारमा बिहीबार बाराको प्रसौनी गाउँपालिका–३ गण्डक चोकबाट पक्राउ गरिएको हो,’ बारा प्रहरी प्रवक्ता पण्डितले भने । उनका अनुसार सो बारेमा थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रहरीले आरोपित पक्राउ गरेता पनि हालसम्म आरोपित व्यक्तिले रकम लिएको आधार भने भेटाएको छैन ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.