
भानुआटु - भानुआटुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यसैबिच, उद्धार टोली भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजीमा व्यस्त छ। मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्पमा परी २ सय जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । भूकम्प यति खतरनाक थियो कि सयौँ भवनहरू ध्वस्त भएका छन्।
भानुआटु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ लागू गरिएको जनाएको छ। मानिसहरूको आवतजावतलाई सीमित गर्नको लागि यो गरिएको हो।भानुआटु दक्षिण प्रशान्त क्षेत्र मा ८० साना टापुहरूको एक देश हो। यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा अवस्थित छ।
यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्दछ र यहाँ ठुलो सङ्ख्यामा भूकम्प र अन्य प्राकृतिक प्रकोपहरू भइरहन्छन्।
याे पनि...
एनपीएलले देखाएको सम्भावनाको बाटो...
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.