
गण्डकी, ३ वैशाख – कास्कीको मादी गाउँपालिका–१ र माछापुच्छ्रे गाउँपालिका–२ को सङ्गमस्थल ताराहिल टप क्षेत्रमा पर्यटकको सेवा सुविधालाई लक्षित गरी क्याम्पिङ साइटको सुरूआत गरिएको छ । नेपालकै पहिलो पर्यापर्यटन पदमार्गको रूपमा परिचित घलेखर्क सिक्लेसको ताराहिल टप क्याम्पिङ विसं २०५१ सालदेखि २०५९ सालसम्म अति व्यस्त रहेकोमा पछिल्लो समयमा सुस्ताउन थालेपछि यसको पुनःसञ्चालन गरी पर्यटकलाई आकर्षित गर्ने अभियान थालिएको हो ।
अभियान स्वरुप नयाँ वर्षको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)भित्र पर्ने यस क्षेत्रका वडाध्यक्षद्वय देवीजंग गुरुङ र गणेश आचार्यको उपस्थितिमा एक्याप प्रधान कार्यालयबाट ताराहिल टप क्याम्पसाईट व्यवस्थापन संयुक्त उप समिति मादी १ र माछापुच्छ्रे २ लाई क्याम्प साईट व्यवस्थापनको लागि एक वर्षे स्वीकृति अनुमति दिइएको छ । उपसमितिले वार्षिक रूपमा नविकरण गर्नुपर्ने हुन्छ ।
ताराहिल टप क्षेत्रमा निर्मित माछापुच्छ्रे २ र मादी १ का दुईवटा क्याम्पिङ साइटको लागि अस्थायी संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त क्याम्पिङ साइटको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, मादी १ का वडाध्यक्ष देवीजंग गुरुङ, माछापुच्छ्रे २ का वडाध्यक्ष गणेश आचार्य, उपसमितिका अध्यक्ष पानबहादुर तामाङलगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए। उप–समितिले एक्याप र स्थानीय तहले तोकिएका कार्यभित्र रही वार्षिक रूपमा एक्याप कार्यालयलाई जग्गा भाडा शुल्क र सम्बन्धित गाउँपालिका दर्ता शुल्क तिरि नविकरण गर्नुपर्ने हुन्छ ।
माछापुच्छ्रे र मादी गाउँपालिकाबीचको समन्वयात्मक वैठकले ताराहिल टप क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि दुईटा गाउँपालिका र एक्याप त्रिपक्षीय रूपमा समन्वय गर्नेगरी थप कार्य गर्ने निर्णयसमेत गरिएको छ ।ताराहिल टप मादी १ को सिक्लेस, पार्चे, खिलाङ, मादी ६ को चिप्ली र तप्राङ यसैगरी मादी सातको थाकहिलबाट सजिलै पुग्न सकिन्छ । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.