![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
बैतडी – वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।
उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।
SHARE
अभिलेख
प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते
![](https://htcmedia.com.np/uploads/post_photo_1738842522.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738834759.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738831698.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738830850.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738829930.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724388.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1734435829.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733830073.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733820595.jpg)
COMMENT
.