
काठमाडौं, १४ जेठ – नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टी पङ्क्तिलाई परिचालित गर्ने भएको छ । विभाग प्रमुख खिमलाल भट्टराईले सरदरभन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टी पङ्क्तिलाई परिचालन गर्न लागेको जानकारी दिएका थिए ।
उनका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने, पूर्वतयारी र सचेतनाका कार्यलाई प्राथमिकता दिने, केन्द्रमा विपद्सँग सम्बन्धित केन्द्रीय संरचना र जिल्लामा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा अङ्गसँग समन्वय र सहकार्य गरी बाढी–पहिरो र डुबान जोखिम न्यूनीकरणका पक्षमा पहलकदमी गर्ने, रेडक्रससहित उद्धार तथा राहतका क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाको पहिचान गर्ने र आवश्यकताअनुसार सहयोगको वातावरण निर्माण गर्ने पक्षमा विभाग क्रियाशील रहेको छ ।
त्यस्तै प्रदेश सरकार र स्थानीय पालिकाहरूले यस सम्बन्धमा बजेट व्यवस्थापन र अन्य के कस्तो तयारी गरिरहेका छन्, बुझ्ने र तयारीको निम्ति अभिप्रेरित गर्ने, सम्भावित जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र जोखिममुक्त गराउन हरसम्भव प्रयत्न गर्ने, बाढी–पहिरो र डुबानको अवस्थामा उद्धार, राहत र पुनर्निर्माणमा तत्परता देखाउनेलगायतका समन्वयकारी भूमिकासहित व्यवस्थापकीय कामलाई पार्टीले प्राथमिकता दिएको नेता भट्टराईले जानकारी दिएका थिए ।
कार्ययोजनामा जिल्लामा स्थानीय विपद्सम्बद्ध निकायहरूमा रहेका उद्धार सामग्री र उपकरणको बन्दोबस्तीलाई तयारी अवस्थामा राख्न सचेत गर्ने, मोबाइल, टेलिफोनसँग सम्बन्धित सूचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने, मातहत कमिटीहरू र जनसङ्गठनलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धमा आवश्यक स्वयंसेवक तयार गर्ने र पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता जनताको सम्पर्कमा रहने तथा मौसमसम्बन्धी पूर्वजानकारी लिइ समयमै पार्टीपङ्क्ति एवं जनतालाई समेत सचेत गराउन पहल गर्ने कुरा पनि कार्ययोजनामा उल्लेख छ ।
विपद् व्यवस्थापन विज्ञ डा वसन्तराज अधिकारीले विपद्द्वारा सिर्जित जोखिम व्यवस्थापनबारे अवधारणा पत्र प्रस्तुत गर्दै विगतको तुलनामा यस वर्ष वर्षासँगै तापक्रम वृद्धि हुने देखिएकाले सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकार, समग्र पार्टी संयन्त्र, नागरिक समाज र आमजनता सचेत र सजग हुनुपर्ने खाँचो औँल्याएका थिए । रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.