• ५ साउन २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

गुगल म्यापमा ‘धरहरा’ लाई ‘सेतो टावर’ भनेर देखाइयो, सामाजिक सञ्जालमा तीव्र आलोचना

काठमाडाैं - नेपालको इतिहास, संस्कृति र पहिचानसँग गहिरो सम्बन्ध राख्ने धरहरा स्तम्भलाई गुगल म्यापले ‘सेतो टावर’ भनेर देखाएको विषयमा सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ।

आइतबार बिहान गुगल म्यापमा धरहराको स्थानमा ‘ध्जष्तभ त्यधभच’ अथवा ‘सेतो टावर’ भनेर उल्लेख गरिएको देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश पोखेका छन्। धेरैले यसलाई नेपालको ऐतिहासिक सम्पत्तिको अपमान भनेका छन्, भने केहीले यस्ता गल्ती गर्नेहरूलाई कारबाहीको मागसमेत गरेका छन्।

धरहरा काठमाडौंको सुन्धारामा अवस्थित ऐतिहासिक र प्रतीकात्मक स्मारक हो, जसले नेपाली राष्ट्रियता, वास्तुकला र सांस्कृतिक गौरवलाई प्रतिनिधित्व गर्छ। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बनाएको यो स्मारक २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको थियो। त्यसपछि यसलाई नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको हो।

तर पुनर्निर्मित धरहरालाई ‘सेतो टावर’ भनेर सम्बोधन गर्नुले यसको मौलिकता र ऐतिहासिक महत्वमा गम्भीर प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा व्यापक आलोचना

सामाजिक सञ्जालमा ‘धरहरा भनेको धरहरै हो, सेतो टावर होइन’ भन्ने हैसट्याग नै ट्रेन्डमा आउन थालेको छ। कतिपयले लेखेका छन्, “धेरै देशले आफ्नो सम्पदाको नाम जस्ताको तस्तै अन्तर्राष्ट्रिय मञ्चमा सुरक्षित गरेका छन्, तर हामीले आफ्नो धरहरालाई ुसेतो टावरु भनिनु कत्तिको स्वीकार्यरु”

प्रयोगकर्ताहरूले यस्ता गलत अनुवादहरूले नेपालजस्तो बहुसांस्कृतिक देशको मौलिकता गुम्ने चेतावनीसमेत दिएका छन्। कतिपयले त नेपालको ऐतिहासिक सम्पदाको अपमान भएको भन्दै यस्ता डिजिटल गल्तीमा संलग्नहरूलाई छानबिन गरी कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।

के बालेन शाहको 'सेतो टावर' व्याख्याले असर पारेको हो <

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले धरहराको पुनर्निर्माणपछि यसलाई ुसेतो टावरु भनेर व्याख्या गरेका थिए। उनले यो अभिव्यक्ति पुरानो मौलिक संरचनाको स्थानमा नयाँ संरचना आएकोप्रति असन्तुष्टि जनाउँदै दिएका थिए। धेरैले अहिले गुगल म्यापमा देखिएको नामकरण त्यसैको असर हुन सक्ने अनुमान गरेका छन्।

वास्तविक नामको रक्षा किन जरुरी छ ?

‘धरहरा’ नाम आफैंमा नेपाली इतिहासको साक्षी हो। यो नाम केवल एउटा टावरको संकेत होइन, यो नेपालको वास्तुकला, इतिहास र सन्देशको प्रतिनिधि हो। यसलाई अनावश्यक रूपमा अंग्रेजी अर्थ लगाएर ुसेतो टावरु बनाउनु सांस्कृतिक अनुशासनविपरीत रहेको विज्ञहरूले बताएका छन्।

सरकार र सम्बन्धित निकायको मौनता ?

यो विषयमा हालसम्म सरकार वा संस्कृति मन्त्रालयबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर यस्ता डिजिटल प्लेटफर्महरूमा नेपालको सांस्कृतिक सम्पदा र नामकरणको सही व्यवस्थापन आवश्यक भएको कुरा प्रस्ट देखिएको छ।

COMMENT