
काठमाडौं,। पशुपतिमा जल्दै गरेका शवहरुको मासु विक्री हुने गरेको खुलेको छ । प्राइम टाइम्स टेलिभिजनले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार पशुपतिमा जलाउनका लागि लगिएका शवहरुको मासु समेत विक्री हुने गरेको खुलासा भएको हो ।
गत शुक्रबार दिउँसो काभ्रे बनेपा वडा नम्बर ९ का राम साहीको अन्तीम दाह संस्कार भइरहेको थियो । कल्कीको मन्दिर नजिकै २ नम्बर चित्तामा जलिरहेको शवबाट शब जलाउन बसेका व्यक्तिले एक बट्टामा मासुको टुक्रा राखेर अरुलाई दिएपछि यस्तो रहस्य खुलेको हो । शव जलाउन वसेका व्यक्तिले आफूले चार सय रुपैयाँ लिएर मासु बेचेको स्वीकारी सकेका छन् । मासु ओसार पोसार गर्ने केटाहरुलाई एक सय रुपैयाँ समेत दिएको उनको भनाइ छ । मासु के प्रयोजनका लागि कस्ले लग्यो भन्ने बारे अझै खुलि सकेको छैन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्दै छ ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा



समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका
२५ असोज २०८२, शनिवार

समाचार
दुर्गा प्रसाईले विदेशी शक्तिको आडमा देश चलाउनेहरूविरुद्ध छठ पर्वपछि देशव्यापी आन्दोलनको चेतावनी
२५ असोज २०८२, शनिवार





COMMENT
.