
एजेन्सी – अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् । राजधानी काबुल र दक्षिणी कान्दाहार शहरको बीचमा रहेको गजनी प्रान्तमा बुधबार राति भएको दुर्घटनामा प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले एक्समार्फत जानकारी दिए।
‘काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएको र घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्’ सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने। मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठक्कर खाँदा दुर्घटना भएको थियो भने अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए।
उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पुर्याएको र केहीको अवस्था गम्भीर रहेको उनले बताए। दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, राजमार्गमा तीब्र गति गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना हुने गरेको छ । गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्यांकर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए।
सन् २०२२ को डिसेम्बरमा अफगानिस्तानको उचाइमा रहेको सलाङ पासमा इन्धन ट्यांकर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस जलेर घाइते भएका थिए ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.