
काठमाडौं – गायिका स्मिता दाहालले वैवाहिक जीवनको सुरुवात गरेकी छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी गायिका दाहालले सायुज्य श्रेष्ठसँग शुक्रबार विवाह गरेकी हुन्।
उनको विवाह समारोह मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा चलिरहेको छ। समारोहमा परिवार, आफन्त, राजनीतिज्ञ र कलाकारहरूको उपस्थिति छ। उनका ‘मायालु तिमी कता छौ’, ‘कल्लाइ था छैन’ जस्ता गीत चर्चित छन्।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले यसैमहिना इन्गेजमेन्ट गरेका थिए। एमबीए अध्ययन गरेका सायुज्य व्यवसायी हुन्। स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.