काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा एक अर्ब भन्दा धेरै रकमको चलखेल भएको पूर्व गर्भनरले बताएका छन् । अहिले राष्ट्र बैकको गर्भनर पद खाली छ । उक्त गर्भनर नियुक्तका लागि सत्तारुढ एमाले र कांग्रेसका नेताहरुबीच रस्साकस्सी चलिरहेका बेला पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले अरबैको चलखेल भइरहेको खुलासा गरेका हुन् ।
एक अन्तरवार्तामा पूर्वगर्भनर क्षेत्रीले यस्ता नियुक्तिमा अर्बभन्दा कममा काम नै नहुने अवस्था रहेको बताएका हुन् । उनले उक्त कुराको खुलासा गर्दै अन्तरवार्तामा भने, ‘गत साता एक जनाले ४० करोड त बुझाइ सकेको बताएका थिए ।एक अर्बको कुरा हो तर हाल पेस्की स्वरुप ४० करोड दिइसकेछन् ।’
उनले अहिले घुस खाने मोडालिटी पनि परिवर्तन भएको बताए । विदेशमा नै लेनदेन गर्ने वा यहीँ नै पनि आफ्ना लेखनदासमार्फत् खाने प्रचलन आएको रहेछ। कानुन सिकाउने सरकारले नै कानुन पालना नगरेपछि अरुले कानुन पालन गरेन भनेर किन चित्त दुखाउने रु उनको प्रश्न थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.