गाईघाट (उदयपुर), २ वैशाख – यहाँको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय वेशभूषा लगाउनुपर्ने भएको छ । गत चैत १ गते सो पालिकाका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिएका थिए ।
गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेको छ । “पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको हो,” अध्यक्ष राईले भनेका थिए ।
गाउँपालिकाभित्रका जाति, वेशभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको उनको भनाइ छ । सो गाउँपालिकामा एक हजार ८७८ जनसङ्ख्या रहेको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.