![](https://htcmedia.com.np/uploads/post_photo_1738048125.jpg)
काठमाडौं । अवैध रुपमा अमेरिका पुगेका नेपालीहरुलाई पनि नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ । योसँगै अमेरिकामा रहेका ६ हजार बढी नेपालीहरु नेपाल फर्कने भएका छन् । अमेरिकाले यस विषयमा नेपाल सरकारलाई पत्र समेत पठाएको छ । उनीहरुलाई पक्राउ गरि हातमा हतकडी नै लगाएर नेपाल फर्काउने अमेरिकाको तयारी छ ।
अमेरिकाले अवैध रुपमा वसोबास गर्दै आइरहेका आप्रवासीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । यो क्रममा केही नेपाली आप्रावासीहरु समेत पक्राउ परिसकेको छन् । अहिले दैनिक १५ सय भन्दा धेरै आप्रवासीहरुलाई अमेरिकाले पक्राउ गरिरहेको छ । ती मध्ये केहीलाई उनीहरुको देश फिर्ता पठाइएको छ । ट्रम्प प्रशासनले अध्यागमनका अधिकारीहरूलाई चौबीसै घण्टा पक्राउ अभियान चलाउन निर्देशन दिएको छ। उनीहरूको व्यक्तिगत बिदा पनि रद्द गरिएको बताइएको छ। अमेरिकी सुरक्षाकर्मीहरुले घरघरमा गएर अवैध आप्रवासीहरुको पक्राउ गरिरहेका छन् ।
अवैध आप्रवासीहरुलाई हातमा हतकडी र नेल बाँधेर पक्राउ गरिएको छ । सिकागो क्षेत्रबाट २ हजार ४०० जना पक्राउ गरिएका छन् । अमेरिकाले अवैध आप्रवासीहरुलाई फिर्ता गर्न पहिलो पटक सैन्य जहाजको समेत प्रयोग गरेको छ । सैन्य जहाजबाट फर्काइएका अरु देशका अवैध आप्रवासीहरुको तस्बिरहरु पनि अमेरिकी मिडियाहरुमा सार्वजनिक भएका छन् ।
हात बाँधेकाहरुलाई लाइन लगाएर सैन्य जहाजमार्फत स्वदेश फर्काइएका अवैध आप्रवासीहरुका तस्बिर अमेरिकी मिडियाहरुले प्रकाशन गरेका छन् । अमेरिकी सेनाका सी १७ जेटहरुले अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउन थालेको र त्यसको पहिलो चरण ग्वाटेमालाबाट सुरु भएको छ । ग्वाटेमालामा १६० जना फर्काइएको छ ।
SHARE
अभिलेख
प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते
![](https://htcmedia.com.np/uploads/post_photo_1738842522.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738834759.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738831698.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738830850.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738829930.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724388.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1734435829.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733830073.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733820595.jpg)
COMMENT
.