
काठमाडौं – सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता विजय बरालले कमेडी दरबार छाड्ने भएका छन् । उनी आज बुधबार आफ्ना अन्तिम २ एपिसोड छायांकन गरेपछि कमेडी दरबार छोड्ने तयारीमा रहेको बताइन्छ । हुन त केही अगाडि एक अन्तर्वार्तामा उनले कमेडी दरबारबाट अलग हुन लागेको बताएका थिए ।
चलचित्रको व्यस्ततालाई मध्यनजर गर्दै कमेडी दरबारको टिम छाड्न लागेको उनले राखेका थिए । तर कहिले छोड्ने केही बताएका थिएनन् । सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता हुन्, विजय। फिल्मको सफलताले उनी पछिल्लो समय धेरै निर्माता निर्देशकको रोजाइमा पर्दै गएका छन् । उनलाई लिएर फिल्म बनाउन निर्माता निर्देशक लालायित छन् ।
केही समय अगाडि ‘लाज शरणम्’को काम सकेका उनी हालै ‘जनै हराएको बाहुन’मा पनि अनुबन्धित भएका छन् । हिमाल न्यौपानेको निर्देशन रहने फिल्ममा उनी महँगो पारिश्रमिकमा अनुबन्धित भएको चर्चा छ । कबड्डी र जारीको नयाँ सिक्वेलका लागि पनि उनी रहने चर्चा छ । उनको व्यस्तता दिन प्रतिदिन बढ्दो छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.