
भक्तपुर– जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरालाई जेठो छोरा मिलन आचार्यले हत्या गरेको खुलेको छ । शनिबार राति बुवा र भाइको ज्यान लिएपछि फरार रहेका उनले मंगलबार बिहान प्रहरी बृत्त महाराजगञ्जमा पुगेर घटना स्वीकारेका हुन् ।
घटनापछि आइबार सबेरै बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित कोठाबाट स्कुटर चढेर फरार भएका उनी सातदोबाटो हुँदै कलंकी पुगेको विवरण प्रहरीले संकलन गरेको थियो । कलंकीबाट कता गायब भए प्रहरीले सुइको पाएको थिएन । कलंकीमा मोबाइलको सिमकार्ड फ्याँकेर गायब भएका उनले अचानक मंगलबार बिहान प्रहरी बृत्त महाराजगञ्ज पुगेर घटना सकारेका हुन् ।
प्रहरीले खोजतलास गरिरहेका बेला अचानक महाराजगञ्ज बृत्त पुगेका उनलाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरेको थियो । त्यसक्रममा उनले बाबु र भाइको हत्या आफैंले गरेको भन्दै घटना सकारेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी एवम् प्रवक्ता काजीकुमार आचार्यले बताए ।
मिलन आफू धेरै कुरामा तनावमा आएका बेला मन अस्थिर हुँदा घटना हुन गराउन पुगेको बताएका छन् । बुवाले आफूलाई धेरै माया गर्ने गरेको बताउँदै तर बुवाको सपना पूरा गर्न असफल भएको प्रहरीसँग बताएका छन् । ‘मैले लोकसेवा आयोगमा नाम निकालोस् भन्ने सपना बुवाले बोक्नु भएको थियो । उहाँले मलाई माया गर्नु हुन्थ्यो । तर उहाँको सपना पूरा गर्न सकिनँ । लोकसेवा ६/७ पटक दिँदा पनि फेल भएँ’, उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘म असफल भइरहँदा बुवा पनि ठूलो तनावमा हुनुहुन्थ्यो ।’
आचार्यले लोकसेवामा असफल हुँदा प्रेमिकासँगको सम्बन्ध पनि तनावपूर्ण भएको बताएका छन् । उनले बुवा र भाइलाई शारीरिक अभ्यासमा प्रयोग गरिने ड्रमबेल र मसला पिँस्न प्रयोग गरिने सिलौटाले हानेर ज्यान लिएको बताएका छन् । उनले बालकोटस्थित डेराका अलग अलग कोठामा सुतेका बुवा र भाइको ज्यान लिएर आइतबार सबेरै बिहान भागेका थिए ।
प्रहरीका अनुसार उनले बुवा र भाइको ज्यान लिएपछि आफूले पनि आत्महत्या प्रयास गर्दा असफल भएको बताएका छन् । एक प्रहरी अधिकारीले मिलनसँगको संवाद सुनेपछि उनीमा मानसिक समस्या पनि रहेको हुन सक्ने आशंका गरेका छन् । यद्यपि अहिले प्रहरी उनको स्वास्थ्य परीक्षणको चरणमा छ ।
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.