
काठमाडौं – बहुप्रतितिक्ष दक्षिण भारतीय फिल्म पुष्पा २ ले अहिलेसम्मका सबै रेकर्ड तोड्न थालेको छ । ५ डिसेम्बरमा विश्वभर एकसाथ रिलिज यो फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहाद फासिलको अभिनय हेर्न पाइन्छ ।पुष्पा २ अहिले भारत र नेपालसहित विश्वभरका सिनेमा हलमा लागिसकेको छ । जहाँ फिल्म विश्लेषकहरूले यस फिल्मको प्रशंसा गर्दै पैसा पूरा चुक्ता गर्ने बताएका छन् ।
बक्स अफिसमा पनि पुष्पाले रेकर्डतोड कमाइ गर्न थालेको छ । पहिलो दिनको कमाइको कुरा गर्ने हो भने केवल तेलुगुको मात्रै नभएर हिन्दीमा पनि अनेक रेकर्ड बनाएको छ । यस फिल्मले शाहरूख खान अभिनित जवानलाई पनि पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै ओपनर गर्ने फिल्म बनेको छ । बक्स अफिस ट्र्याकर स्याकनिल्कको शुरूवाती आँकडाअनुसार, पुष्पा २ ले पहिलो दिन भारतमा १६५ करोड कमाएको छ । उता तेलुगुमा भने यो फिल्म एक दिन पहिले रिलिज भएको थियो ।
भारतमा पुष्पा २ को पहिलो दिनको समग्र कमाई १ अर्ब ७५ करोड १० लाख रुपैयाँ भएको छ । जसमा ९५।१ करोड तेलुगुमा, ६७ करोड हिन्दीमा, ७ करोड तमिलमा, कन्नडमा १ करोड र मलयालममा ५ करोड यो फिल्मले कमाएको छ ।यसका अलावा फिल्म विश्लेषक मनोबाला विजयाबालनले एक्समा एक ट्वीट शेयर गर्दै टलिउडले बलिउडलाई पछारिदिएको बताएका छन् ।
पुष्पा २ को हिन्दी भर्जनले ६५.३५ करोडको नेट कलेक्शनसहित जवान हिन्दीको १ दिनको बक्स अफिसलाई पछि पार्दै सबैभन्दा कमाइ गर्ने फिल्म बनेको हो ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.