
काठमाडौं,। नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देवी थानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।
सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्वकेन्द्रीय अध्यक्ष भवानी थानीकी ममतामयी माता तथा सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीकी हजुरआमा थानीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
थानीको आइतबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको होे । स्वर्गीय थानीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । थानीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले थानीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका थिए । रासस
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा



राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका

दुर्गा प्रसाईले विदेशी शक्तिको आडमा देश चलाउनेहरूविरुद्ध छठ पर्वपछि देशव्यापी आन्दोलनको चेतावनी





COMMENT
.