
पाटन (ललितपुर), ७ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गरेका थिए । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उनले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको भन्दै योग मानव जातिको कल्याण, विश्वशान्ति, सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मुलुकले गर्ने कार्य हो भने ।
“योगका आठवटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट टाढा छ, अनुशासन विना ध्यान हुँदैन, असल कुरामा स्थिर हुनु नै योगको निष्कर्ष हो, बुद्धिसहितको योग आवश्यक छ,” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्छ भन्नेमा जोड दिएका थिए ।
“पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डक्टर चाहिन्छ धेरै डक्टर उत्पादन गर्छौं, तर डक्टरको सङ्ख्या बढाउनेभन्दा बढी रोगीहरुको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो,” उनले भने ।
उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी हो भने । “आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा हैन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहङ्कारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको बेला पवित्र भावना राख्छु, योगले स्वास्थसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्,” उनले भने ।
प्रधानमन्त्री ओलीले योग र ब्रह्माचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने होइन भने । “समाजको मान्यताभित्र रहेर बस्नुपर्छ, कानुनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरुलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वस्थ्य राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाह जीवन बिताएर आफू खराब हुने र भगवान्लाई दोष दिएर डक्टरकामा जानेभन्दा योग र ध्यानमा जोड दिएर खुसी जीवन बिताउनेमा ध्यान दिनुपर्छ,” उनले भने।
उनले संयुक्त राष्ट्रसङ्घले योग दिवस मानेको यस दिनमा शुभकामना व्यक्त गर्न चाहन्छु भने । “नेपालका पुर्खाहरुबाट योगको सृजना भएको थियो, पुर्खा र प्रकृतिलाई हामी देवतातुल्य मान्छौँ, पानी र हावा पनि देवता हो, हामी गर्वमा हुँदा र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका छौँ, जुन अदृश्य छ, हामी आकाश शान्ति र पृथ्वी शान्तिको कामना गर्छौं, योगमा शक्ति छ, पहिला शिवबाट योग प्रारम्भ भएकाले शिवलाई आदियोगी भनिन्छ, विश्वामित्रले सर्जरीको विकास गर्नुभयो, विश्वामित्रले आफ्ना नाति चरकलाई डक्टर बनाए । चरकले आरोग्य विज्ञानको विकास गरे, विश्वामित्रको समयमा योगविज्ञानले चमत्कार ग¥यो,” प्रधानमन्त्री ओलीले भने ।
उनले आफू जेलमा हुँदा उपचारको अवसर नभएकाले दुखाइ कम गर्ने औषधि मात्रै दिइन्थ्यो भन्दै त्यही कारणले आफ्नो मिर्गौला फेल भएको प्रसङ्गमा भने, “अप्रेसन गर्नै पर्ने अवस्था चाहिँ ध्यानले मात्रै हुँदैन, योगका नियम र आसनले मात्र हुँदैन, कर्मयोगमा पनि ध्यान दिनुहोला । आरामको जिन्दगी हैन, स्वस्थ्य र खुसी जिन्दगी बाँच्न ध्यान दिनुस्, योगले यही सिकाउँछ, समय र परिवर्तन बलवान् हुन्छ ।”
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्वीय चिन्तन, योग र ध्यान संसारको साझा जीवन पद्धतिका रुपमा अगाडि बढेको बताएका थिए । उनले योगभित्र लुकेका विभिन्न पक्षलाई सांस्कृतिक सम्पदाका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । मन्त्री पन्तले नेपालको हिमालय क्षेत्र नै योग र ध्यानको उद्गमस्थल भएको धारणा राख्दै विश्वमा शान्तिको आवश्यकता रहेको वर्तमान अवस्थामा योग, ध्यान र वैद्धिक साहित्यको विकास आवश्यक भएको बताउछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले योग हाम्रा लागि आफैँमा महत्वपूर्ण रहेको भन्दै पूर्ण स्वस्थ्यता आर्जन गर्न मद्दत पु¥याउने बताएका थिए । उनले योग नेपालको सांस्कृतिक र मौलिक संस्कृति भएको धारणा राखेका थिए । योगको मूल तीर्थस्थल नेपाल हो भन्ने कुरालाई विश्वभर चिनाउन तत्परताका साथ काम गर्ने बताउछन् ।
जीवन विज्ञानका योगगुरु प्राध्यापक डाक्टर दीपक रेग्मीले विज्ञान सम्मत पद्धतिमा योग विकास हुँदै गएको बताउँदै विज्ञानले समेत योगलाई मान्यता दिइसकेको बताएका थिए। उनले योग र ध्यान मानव जीवनका लागि अत्यन्तै फाइदाजनक भएको बताउछन् । उनले पैसाले किन्न सकिने भौतिक सुखभन्दा शारीरिक स्वास्थ्य, आत्मशान्ति र खुसी महत्वपूर्ण भएको भन्दै त्यो योग र ध्यानबाट प्राप्त हुने धारणा राखेका थिए । समारोहमा जीवन विज्ञान, पतञ्जली योग, पतञ्जल योग समिति, त्रिभुवन विश्वविद्यालय योगविज्ञानका योगगुरु, योगाचार्य, योगार्थीहरु, योगाभ्यास गरिरहेका बालबालिकाहरु, ब्रह्कुमारी राजयोग समितिका व्यक्तित्वहरु, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका व्यक्तित्वहरु,सरकारका उच्चपदस्थ व्यक्तित्वको सहभागिता थियो ।
हरेक वर्ष जुन २१ मा दिन विश्व योग दिवस र हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.