
काठमाडौं, ८ असारः बालककालदेखि नै पशुपक्षीको हितमा क्रियाशील रघु आदित्यको पुस्तक ‘शाकाहारः तर्काधार’ शनिबार विमोचन भएको छ । कुनै पदानुक्रम र विशेष अतिथिबिनाको सो कार्यक्रममा पशु अधिकार र शाकाहार पर्वद्र्धनका लागि क्रियाशील प्रमदा शाह, मञ्जुश्री स्थापित, डा आयशा उप्रेती, इभा डङ्गोल, शोभा भुजेलले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको हो ।
विमोचनमा किताब लेख्दाका आफ्ना अनुभव बाँड्दै लेखक आदित्यले भने, “पशुले पाउने कष्ट बुझेर आठ वर्षकै उमेरमा माछामासु खान छाडेँ । पछि त दही दूधलगायत सबै पशुपक्षीजन्य पदार्थ खान छाडेँ । तर प्रश्नले मलाई कहिल्यै छाडेनन् । सबैको प्रश्नको उत्तर दिन फुर्सद पनि नहुने र सबैलाई स्पष्टीकरण दिँदा हत्तु भएकाले यो किताब लेखेर सबैलाई एकैचोटी उत्तर दिउँ झैँ लाग्यो ।”
पुस्तकमा लेखकले पूर्ण शाकाहारी (भिगन) जीवनशैलीप्रति उठ्ने प्रश्न र आलोचनालाई सक्दो सम्बोधन गर्ने प्रयास गरेका छन् । मूल रूपमा यी प्रश्नका उत्तर पुस्तकमा समावेश छन्, “शाकाहारी भएर शरीरको प्रोटिन आवश्यकता कसरी पूरा गर्छौं रु के पशुहरू मानव उपभोगका लागि होइनन् र ? पूर्ण शाकाहारी हुनु त धेरै कट्टरता नै होइन र ? शाकाहारीका नाममा धर्ममाथि अतिक्रमण त भएको छैन ?”
लेखकका अनुसार पुस्तक पाँच अध्यायमा विभाजित छ । आदित्यले भने, “चार–पाँच वर्षको समर्पित प्रयासको नतिजा यो पुस्तक हो, जुन शाकाहारीप्रति उठ्ने बारम्बारका प्रश्न र आलोचनाको जवाफ हो । पशु अधिकारको वकालत र पशुप्रतिको क्रुरताविरुद्धको अडान पनि हो यो पुस्तक ।”लेखकले कार्यक्रममा आफ्नी दिदी मोना श्रेष्ठ आदित्यप्रति यो क्षण सम्भव बनाउन दिएको साथप्रति कृतज्ञता व्यक्त गरेका थिए । विमोचन समारोहपछि आदित्यकी ७० वर्षीया आमा सुमित्रा श्रेष्ठले रासससँग भने, “आज मेरो मन गर्वले भरिएको छ । छोराले प्रेम, करुणा, अहिंसा फैलाउन काम गरेको छ । एउटी आमाका लागि यो गर्वको कुरा हो ।”
‘एनिमल नेपाल’की संस्थापक र सञ्चालकसमेत रहेकी शाहले पुस्तक अन्तरराष्ट्रिय सत्रको रहेको बताउँदै नैतिकता, न्याय र पशुको आधारभूत अधिकारमा आधारित यसका तर्कको प्रशंसा गरेका थिए । पत्रकार विन्देश दाहालले पनि शाहको मतमा सहमति जनाएका थिए । नेपाल शाकाहारी सङ्घ (नेशासं) का अध्यक्ष कृष्ण गुरुङलगायत वक्ताले अनुसन्धानमा आधारित तर्कसहित शाकाहारी र भिगनहरुप्रति आउने आरोप र आलोचनालाई खण्डन गर्ने सन्दर्भमा पुस्तक शक्तिशाली भएको भन्दै प्रशंसा गरेका थिए । गुरुङले नेशासंको तर्फबाट पुस्तकलाई आधिकारिक रूपमा समर्थन गर्ने घोषणा गरे र भने, “पशु अधिकारको क्षेत्रमा यो यो मार्गदर्शक निर्देशिका हो ।” छोराको कर्मप्रति गर्व गर्दै लेखकका पिता प्राध्यापक आनन्द आदित्यले भने, “यदि रघुले पूर्खाको ऋण नै तिर्नुपर्ने कुरा मान्ने हो भने पनि पुस्तक प्रकाशनले उनलाई त्यसबाट अब मुक्त गरेको छ ।” दुई सय ५२ पृष्ठको यो पुस्तकमा चित्रात्मक प्रस्तुति र सन्दर्भहरू समावेश छन् । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.