
भेरीगङ्गा (सुर्खेत), २७ जेठः चिङ्गाड गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सबै वडाका पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता भएपछि सो पालिकालाई सुर्खेतको पहिला नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । यससँगै चिङ्गाड गाउँपालिका जिल्लाकै पहिलो यस्तो पालिका बनेको छ ।
जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत घनबहादुर बुढाका अनुसार जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा घोषणा गरिएको हो । वडास्तरमा खोप सुनिश्चितताको घोषणापछि पालिकाले सम्पूर्ण मापदण्ड पूरा गरेपछि पूर्णखोप सुनिश्चित पालिकाको रूपमा मान्यता पाएको हो । उनले पहिले वडास्तरमा खोप घोषणा भएको र त्यसपछि पालिकास्तरमा पूर्ण सुनिश्चितता घोषणा गरिएको स्पष्ट पारेका थिए ।
स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर प्रयास र सहकार्यबाट पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको उहाले जाकारी दिएका थिए। पूर्णखोप सुनिश्चितता भनेको सबै बालबालिकाले समयमा सबै खोप लगाउनु र त्यो उपलब्धि दिगो रूपमा कायम गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।कार्यक्रमका खोप समन्वय समितिका कार्यवहाक अध्यक्ष सचिन बडुवालले बालबालिकाको जीवनरक्षा र स्वस्थ भविष्यका लागि खोप कार्यक्रमको सफल कार्यान्वयन निकै सराहनीय रहेको बताउछन् ।
चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोदविक्रम जिसीले स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक र सम्पूर्ण समुदायबीचको सहकार्यकै कारण यस्तो महत्त्वपूर्ण उपलब्धि सम्भव भएको बताउछन् । जनस्वास्थ्य सेवा कार्यालयतका प्रमुख करुणा भट्टराईले सबै बालबालिकाले समयमा खोप लगाउनुमात्र पर्याप्त नभई त्यो अभ्यासलाई दिगो रूपमा कायम राख्नु अत्यावश्यक छ भने । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.