
काठमाडौं, ८ असारः प्रतिनिधिसभाका विषयगत समितिमा सांसदहरु हेरफेर भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार विषयगत समितिमा सदस्यको नाम हेरफेर गरेका थिए । सांसद श्यामकुमार घिमिरेलाई सार्वजनिक लेखासमितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, चन्दा चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा, शान्ति विकलाई महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ ।
बैठकमा सभामुख घिमिरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोराबारे जानकारी गराएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


क्रिकेट
राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने
२४ असोज २०८२, शुक्रवार







COMMENT
.