काठमाडौं - डिजेलमा पानी मिसाएर पछि बाफलको साझा आयल पेट्रोल पम्प सिल गरिएको छ । नेपाल आयल निगम र काठमाडौँ महानगर पालिाकाको अनुगमन टोलीले उक्त पम्प शुक्रबार सिल गरेको हो ।
साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेको पम्पले बुधबार साँझ डिजेल भरेका चार वटा गाडीमा पानीसहितको डिजेल बिक्री गरेको थियो। बस, बोलेरो एक पिक अप भ्यान, स्कारपियो र एक पहिचान नखुलेको रेडक्रसको गाडीमा बुधबार साँझ मिसावट युक्त तेल हालिएको थियो ।
साझा पेट्रोल पम्पमा तेल भरेर गुडेको केही समय नै ती गाडीहरु विग्रीएका थिए । मुल सडकमै गाडी बिग्रिए पछि ट्राफिक प्रहरी र सर्वसाधारणले गाडी धकेलेका थिए । उक्त गाडी के कारणले विग्रीएको हो खोजी गर्दा डिजेलमा पानीको मात्रा भेटिएको थियो ।
त्यसपछि पम्पका सञ्चालकले घटना लुकाउनका लागि पीडित चालकलाई क्षतिपुर्ति दिने र गाडीमा नयाँ तेल भर्ने प्रस्ताव राखेका थिए । तर उक्त कुरा चालकले अस्वीकार गरेपछि घटना मिडियामार्फत भयो । बिहीबार घटना सार्वजनिक भएपछि शुक्रबार निगम र काठमाडौं महानगरको टोलीले पम्प सिल गरेको हो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.