
काठमाडौं, ११ वैशाखः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मङ्गलबार आतङ्कवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति प्रकाशित गरी उक्त आक्रमणमा परी एकजना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणका कारण दर्जनौँ व्यक्ति घाइते भएका जनाउँदै मानवताविरोधी घटनाप्रति गहिरो दुःख प्रकट गरेको हो ।
पहलगाममा भएको अमानवीय र हृदयविदारक घटनाको राप्रपाले भत्र्सना गरेको अध्यक्ष लिङ्देनले बताएका थिए । उनले जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने मानवता विरुद्धको आतङ्ककारी कार्य स्वीकार्य नहुने बताउँदै राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा रहेको उल्लेख गरेका थिए ।
“यस दुःखको घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौँ । आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल–११ कालिकानगरका सुदिप न्यौपानेका साथै सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ । साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ”, अध्यक्ष लिङ्देनद्धारा जारी विज्ञप्तिमा भनिएको छ । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.