काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो एक बजे आशापास काठमाडौं लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।
एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार धादिङको ज्यामिरेबाट दुई किलोमिटर परको भूभागलाई केन्द्रबिन्दु बनाउने ४।६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ ।
यस्तोमा मध्य नेपालमा पनि भूकम्पको धक्का महसुस भएको हो । पछिल्लो पटक यही पुस १६ गते बैतडीलाई केन्द्रबिन्दु बनाउँदै ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो । सुदूरपश्चिमी भूगोलमा लगातार धक्का आइरहँदा भूकम्पविद्हरूले ठूलो भूकम्प जान सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।
COMMENT
.