
ढोरपाटन (बागलुङ), २५ चैत – बागलुङको काठेखोला गाउँपालिकाले दलित किसानलाई प्रविधिसँग जोड्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो । पछिल्लो समय गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी यान्त्रिक हलो भएकाले वितरण गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताएका थिए।
डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको अध्यक्ष थापाको भनाइ छ । एक हल गोरुले एक दिनभरिमा जोत्न बारीमा यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिने हुँदा उत्पादन वृद्धि गर्न मद्दत पुग्ने उनले बताएका थिए । हलो पाएसँगै किसानलाई खेत जोत्न सहज हुने र समयको बचत हुने थापाले बताए। गाउँपालिकाले प्रति हलो रु ४३ हजारमा खरिद गरी किसानलाई रु २१ हजार ५०० मा वितरण गरेको उनको भनाइ छ ।
“अचेल पहिलाको जस्तो गाउँमा हल गोरु पाल्ने चलन हराउँदै गयो, गोरुले जोत्ने जनशक्ति पनि पाइन छोडेपछि हामीहरुले खेतीयोग्य जमिनलाई बाँझो राख्नुहुँदैन भन्ने हिसाबले किसानलाई यान्त्रिक हलो वितरण गरेका हौँ” अध्यक्ष थापाले भनेका थिए– “यसभन्दा अगाडि पनि किसानलाई यान्त्रिक हलो वितरण गरेका थियौँ, यसवर्ष दलित समुदायका किसानलाई प्राथमिकता दिएर हलो वितरण गरेका हौँ ।”
काठेखोलामा बसाइँसराइले गर्दा धेरै जग्गा जमिन बाँझो बन्दै गएका छन् । गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि अन्य अनुदान पनि दिँदै आएको छ । काठेखोला गाउँपालिका–८ लेखानीका किसान धनबहादुर विश्वकर्माले अहिलेसम्म गोरुलेनै जोतेर खेतीपाती गर्दै आएको भन्दै अब यान्त्रिकरणमार्फत खेती गर्ने बताएका थिए ।
विश्वकर्माले भनेका छन्,“गाउँमा धेरैले मिनिटेलर हलोले जोत्न थालेको धेरै वर्ष भयो, मैले गोरुलेनै जोत्दै आएको थिएँ, पहिले एउटै परिवारले पाँच÷छ हलसम्म गोरु पाल्ने गर्थे तर अहिले गाउँभरीमा दुई हल गोरु पाउन पनि मुस्किल छ, सबैले आधुनिक हलोले छिटो जोत्छ भन्छन्, मैले किन्न सकेको थिइन, अहिले गाउँपालिकाले सस्तो मूल्यमा हलो दियो, निकै खुसी लागेको छ, यो हलोले हामी जस्ता गरिब किसानलाई फाइदा हुनेछ, उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा लिएको छु ।” रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.