काठमाडौं – नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार जनताका पक्षमा होइन, नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन्। अध्यादेशमार्फत सिमेन्टको मूल्य दोब्बर बढाइएबाट उक्त कुरा पुष्टि भएको दाबी रावलले गरेका छन्।
रावलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतशत बढी नाफा लिन नपाइने कानुन अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ।’
एमालेमा रहँदा पनि अध्यक्ष ओलीको आलोचना गरिरहने रावलले पार्टीबाट निकालिएपछि त्यसलाई झन् बढाएका छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.