जनकपुरधाम, १७ वैशाख – धनुषाका पाँच स्थानीय तहका पिछिडिएका समुदायको उत्थानका निम्ति विविध स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिएको छ । ‘प्लान इन्टरनेसनल नेपाल’ नामक संस्थाले शिक्षा, स्वास्थ्य सेवाका साथै सीपमूलक तालिम प्रदान गरेको हो । विदेह, सहिद, कमला, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा रु चार करोड ९८ लाख ७८ हजार ३११ खर्च गरेर ती कार्यक्रम सञ्चालन गरेको हो ।
अपाङ्ग, बालबालिका, महिला, युवा तथा बेरोजगारलाई लक्षित गरेर शिक्षा, स्वास्थ्य तथा उद्यमशीलता र रोजगारसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाका कार्यक्रम अधिकृत वेदप्रसाद भूर्तेलले राससलाई बताएका थिए । परियोजना सञ्चालित स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गर्न आसमान नेपाल, सामुदायिक परिवार कल्याण सङ्घ, जानकी महिला जागरण समाज तथा सपोर्ट नेपालसँग प्लानले साझेदारी गरेको उहाँले जानकारी दिएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.