
काठमाडौं – हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले एकै फिल्ममा ६० लाख पारिश्रमिक लिने गरेको खुलेको छ । पछिल्लो समय एक पछि अर्को चलचित्रमा अनुबन्ध भइरहेका माग्नेबुढाले कंगारु फिल्ममा ६० लाख पारिश्रमिक लिएको खुलेको हो । यस्तै उनले ‘माग्ने राजा’, ‘माइतीघर’, ‘जेरी अन टप’ का लागि भने ५० देखि ६० लाख रुपैयाँ लिएको बताइएको छ ।
एउटै नेपाली चलचित्रमा कलाकारलाई निर्माताले तिरेको यो सबैभन्दा धेरै पारिश्रमिक हो । नायक अनमोल केसीले यसअघि सबैभन्दा धेरै ५० लाख रुपैयाँ पारिश्रमिक लिएको समाचार सार्वजनिक भएको थियो । उनले ५० लाखको कर तिरेको रसिद पनि बाहिर आएको थियो । महँगो पारिश्रमिक लिने केदार स्क्रिप्टदेखि नै बस्ने गरेका छन् ।
आफ्नो सिन मात्र होइन, पूरै स्क्रिनप्लेमा नै उनी काम गर्छन् । ५० देखि ६० लाख रुपैयाँ पारिश्रमिक एउटै कलाकारलाई दिँदा सिनेमाको लगानी उच्च हुन्छ । जति धेरै बजेट भयो, त्यति नै लगानी उठाउन रिस्क बढी हुन्छ । केदारको सोलो लिड रोल भने ‘माग्ने राजा’मा मात्र हो । अरू चलचित्रमा उनीसँगै समानान्तर रूपमा अरू कलाकार पनि छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.