
लिस्बन (पोर्चुगल), १९ चैत – पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको छ ।
लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरुबीच नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित एवं सहयोग अभिवृद्धिबारे छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा राजदूत पौडेललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति सौसाले सफल कार्यकालको शुभकामना दिएका थिए । भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन, व्यापार, पर्यटन तथा नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको थियो ।
उक्त समारोहमा पोर्चुगलका विदेश राज्यमन्त्री÷सहायकमन्त्री नुनो साम्पाइओ, विदेश मामिला सचिवालयका महासचिव फ्रान्सिस्को रिबेरो तेलेस, विदेश मन्त्रालयका अधिकारीहरू, राजदूत पत्नी रुपा पौडेल, दूतावासका द्वितीय सचिव रामबाबु नेपाललगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ । गत मङ्सिरमा पोर्चुगलको राजदूतमा नियुक्त हुनुभएका पौडेल जिम्मेवारी सम्हाल्न गत फागुन २२ गते पोर्चुगल आएको हो । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.