
म्याग्दी, १३ असारः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ । गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिलाई घुम्ति शिविरमार्फत वडा कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी सेवा दिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनको नेतृत्वमा रहेको अनुगमन समिति, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल र लेखा अधिकृत नवीन पौडेल सहितको टोलीले बिहीबार वडा नं १ दोवामा घुम्ती शिविर मार्फत योजनाको स्थलगत भुक्तानीसम्बन्धी सेवा दिएको जनाइएको छ ।
“गाउँपालिका कार्यालय आउनजान अपायक पर्ने उपभोक्ता समितिको सहजताका लागि हामीनै वडामा पुगेर स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन र भुक्तानीसम्बन्धी सेवा दिन थालेका हौ,” उनले भने “वडाका जनप्रतिनिधिमार्फत आवश्यक कागजात र प्रतिवेदन तयार पारेपछि गाउँपालिकाबाट वडामै पुगेर भुक्तानी दिने नयाँ अभ्यास गरिएको हो ।”हालसम्म चार वटा उपभोक्ता समितिले वडाबाटै भुक्तानी पाइसकेका छन् । एउटा उपभोक्ता समितिको बिल नमिलेपछि कागजात मिलाएर गाउँपालिकामा आउन सुझाव दिएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।
गाउँपालिकाले यसअघि वडा कार्यालयमा पुगेर योजना सम्झौता र उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै आएको थियो । वडामै भुक्तानीसम्बन्धी सेवा पाउँदा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई पालिकाको केन्द्रमा पुग्ने झञ्जट हट्नुका साथै खर्च र समयको बचत भएको अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले बताएका थिए । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ११३ वटा पूर्वाधारसम्बन्धी योजना सञ्चालन गरेको छ । त्रियासी वटा योजनाका उपभोक्ता समितिले भुक्तानी लगिसकेका छन् भने ३१ वटाको बाँकी छ । ठेक्का तथा कोटेशनमार्फत सञ्चालित १८ वटा योजनामध्य आठ वटाको भुक्तानी भएको र १० वटा बाँकी रहेको जनाइएको छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.