
मुस्ताङ, १७ वैशाख – यहाँ हिउँ चितुवाको आक्रमणबाट दुई गोठका आठ च्याङ्ग्रा मरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ धार्काजुङ गाउँमा गएको मध्यरातमा हिउँ चितुवाले स्थानीय च्याङ्ग्रा पालक किसानको खोरभित्र पसेर आठ च्याङ्ग्रा मारेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिएका थिए ।
च्याङ्ग्रा पालक किसान ङातर गुरुङका ५० मध्ये चार खसी र एक माउ गरी पाँच च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणबाट मरेका छन् । हिउँ चितुवा मध्यरातमा गाउँभित्रको ढुङ्गा र माटोले बनेको गोठको क्षेत्रभित्र पसेर च्याङ्ग्रा मारेर क्षति तुल्याएको च्याङ्ग्रा पालक गुरुङको भनाइ छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्दा रु दुई लाख २० हजार बराबरको नोक्सान भएको च्याङ्ग्रा उनले बताएका थिए ।
यसैगरी सोही स्थानकै अर्को च्याङ्ग्रा पालक पेम्मा गुरुङ पनि च्याङ्ग्राको माउ र पाठासहित गरी तीन च्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परी मरेका छन् । मध्यरातमा गोठको छतमाथि उक्लिएर गोठमा पसी ५२ च्याङ्ग्रामध्ये तीन हिउँ चितुवाले मारेको पशुपालक पेम्बाले बताउछन् । उनका अनुसार अर्को एक पाठोसमेत हिउँ चितुवाको आक्रमणबाट घाइते भएको छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा क्षति हुँदा रु ६५ हजार बढीको घाटा भएको पशुपालक पेम्बाले सुनाएका थिए ।
हिउँ चितुवाले मुस्ताङको धार्काजुङमा च्याङ्ग्रा मारेको सूचनापछि गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, वडाध्यक्ष गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रतिनिधिसहित प्रहरी चौकी कागबेनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । स्थानीय जनप्रतिनिधि, च्याङ्ग्रा पालक, स्थानीय, एक्याप र सुरक्षा निकायको रोहबरमा हिउँ चितुवाले मारेको क्षति मूल्याङकन तथा घटनास्थलको विवरणसहितको मुचुल्का उठाउनेकार्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिएका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रम व्यवस्थापक एवं हिउँ चितुवा विज्ञ डा मधु क्षेत्रीसमेतले घटनास्थलको अवलोकन गरेका थिए । हिउँ चितुवा विज्ञ डा क्षेत्रीले हिउँ चितुवा र मानवबीचको द्वन्द्व न्यूनिकरणका लागि आवश्यक अनुकुलनका उपाय अवलम्बन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने सुझाएका थिए ।
उनले आहाराको कमीले गर्दा पनि हिउँ चितुवा बस्ती नजिकको गोठमा पसेर च्याङ्ग्रा क्षति गर्ने गरेकाले च्याङ्ग्रा गोठ सुधार पहिलो आवश्यकता रहेको औँल्याएका थिए । उनले वन्यजन्तुको तथा हिउँ चितुवाको जोखिम न्यूनिकरण गराउन उच्चलेक र जङ्गलमा आहारा बढाउने गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका थिए ।
गाउँपालिका अध्यक्ष गुरुङले मुस्ताङमा मानव र हिउँ चितुवाबिचको द्वन्द्व बढ्दै जान थालेकोप्रति चिन्ता व्यक्त गरेका थिए । पालिका अध्यक्ष गुरुङले जलवायु परिवर्तनका कारण हिउँ चितुवाको आहारा नावर उच्चलेकबाट बेसी झर्न थालेको र त्यसलाई पछ्याउँदै गर्दा हिउँ चितुवाले पशु गोठमा क्षति पु¥याउने गरेको दाबी गरे ।
उच्चलेकमा खानेपानीको स्रोत घट्ने र चरनक्षेत्रमा घाँस पलाउने कम हुँदा हिउँ चितुवाको आहारा नाउर बस्ती नजिक आउने गरेको अध्यक्ष गुरुङले जनाएका थिए । स्थानीय किसानको पशुधनको रक्षा गर्न सरोकारवाला कार्यालयले भरपर्दो पूर्वाधार निर्माणमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको अध्यक्ष गुरुङले सुझाएका थिए । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.