काठमाडौं – दार्चुलास्थित सांग्रिला डेभलपमेन्ट बैंकको शाखामा चोरी भएको छ। मंसिर १८ गते राति बैंकमा चोरी भएको र चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार महाकाली नगरपालिका ४ खलंगास्थित बैंकको शाखा कार्यालयको झ्याल फोडी चोरी भएको थियो। चोरी आरोपमा सोही ठाउँका २३ वर्षीय तुसार लुहारलाई प्रहरीले पक्राउ गरेको छ।
उनको घरकोठा खानतलासी गर्दा बैंकबाट चोरी भएको नगद ८५ हजार ५ सय, बैंकको ट्याग भएको कार्टुन र कार्टुन भित्र हेड सिसिटिभि क्यामेरा पनि फेला परेको छ।यस्तै एटीएम कार्ड चार थान, फिक्स डिपोजिट सर्टिफिकेट एकथान र बैंकको स्टोर रुमबाट चोरी भएको एउटा खुकुरी पनि प्रहरीले बरामद गरेको छ।
चोरी गर्दा प्रयोग गरेको हेल्मेट, कपडा र जुत्ता समेत बरामद गरी उनलाई आवश्यक पक्राउ गरेको दार्चुला प्रहरीले जानकारी दिएको छ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.