चितवन, १२ चैत – आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो ।कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्तसम्ममा रु १४ अर्ब ४६ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ । गत वर्ष यसै अवधिमा रु ११ अर्ब ९१ करोड ६१ लाख राजस्व सङ्कलन भएको थियो ।
विभागले यस वर्ष रु १५ अर्ब ७० करोड १० लाख राजस्व सङ्कलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व सङ्कलन भएको हो । विभागले गत वर्ष रु २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार राजस्व सङ्कलनका लागि लक्ष्य तोकेको थियो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.