काठमाडौं, २१ चैत–‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ । उक्त कार्य १०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ ।
नदी सरसफाइ अभियान ‘रिभर प्लस परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो । यसलाई प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया परियोजनाले आर्थिक सहयोग गरेको छ । यो परियोजना साउथ एसिया को–अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्रामद्वारा कार्यान्वयन भइरहेको छ, यसलाई विश्व बैंकले सहयोग गरेको छ ।
परियोजनाले कम गुणस्तरका प्लास्टिक सङ्कलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले विशेष गरी बागमती, विष्णुमती, र मनोहरा नदीहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने उद्देश्य राखेको छ । सो परियोजना अन्तर्गत, अनौपचारिक सर–सफाइकर्मी, आप्रवासी श्रमिक, विशेष गरी महिला र युवालाई संलग्न गराइएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममा बायोकम्प नेपालका प्रमुख कार्यकारी अधिकृत मार्टेन नाइजोफले अनौपचारिक सर– सफाइकर्मीलाई तालिम दिएर कम गुणस्तरका प्लास्टिक घरहरू, उद्योग, नदी, सडक, र फोहर व्यवस्थापन केन्द्रबाट सङ्कलन गरेको अवगत गराएका छन् ।
सङ्कलित कम गुणस्तरका प्लास्टिकलाई विशेष आर्थिक क्षेत्र सिमरामा हालै स्थापना गरिएको शून्य–उत्सर्जन प्लास्टिक पुनर्चक्रण केन्द्रमा लगेर प्लास्टिक कम्पोजिट बोर्डमा परिवर्तन गरिनेछ । यस अभियानअन्तर्गत, बायोकम्प नेपालले ८० टन कम गुणस्तरका प्लास्टिक सङ्कलन गरी पुनर्चक्रणका लागि उपयोग गरेको जनाएको छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका– वातावरण विभागबाट सानुमैया महर्जन, ललितपुर महानगरपालिका–२ का वडा अध्यक्ष राजेशकुमार महर्जन र वडा ९ बाट वडा सदस्य, ललितपुर कल्याण आधारभूत विद्यालयका प्रध्यानाध्यापक, संयुक्त सफाइ जागरण, रेडक्रस सर्कल, नेप्सेम्याकलगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
यस अभियानलाई थप प्रभावकारी बनाउन बायोकम्प नेपालले १७ मार्च २०२५ मा सिमरामा नयाँ प्लास्टिक पुनर्चक्रण केन्द्र उद्घाटन गरिसकेको छ । यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र दिगो प्लास्टिक फोहर व्यवस्थापनमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ । यस प्रविधिले वातावरणीय चुनौतीलाई परिपत्र अर्थतन्त्रका अवसरमा परिवर्तन गर्ने महत्वपूर्ण अवसर सिर्जना गर्नेछ । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.