
नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा रु १६ करोड ६६ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१र८२ मा रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको थियो । भन्सार महसुल आयाततर्फ रु १० करोड २० लाख ५८ हजार, कृषि सुधार शुल्कतर्फ रु १४ लाख ७३ हजार, भन्सारसम्बन्धी अन्य आय (पैठारी भन्सार सेवा दस्तुर)तर्फ रु पाँच लाख ४८ हजार, अग्रिम आयकर रु २७ हजार र मूल्य अभिवृद्धिकर रु चार करोड ८३ लाख आठ हजार सङ्कलन भएको छ ।
यसैगरी अन्तःशुल्क रु ४८ लाख ६२ हजार, सडक मर्मत तथा सुधार दस्तुर रु पाँच लाख १२ हजार, हरित कर रु ११ लाख ३५ हजार, अन्य कर तथा शुल्क (अन्य प्रशासनिक सेवातर्फ) रु ११ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख उपाध्यायका अनुसार २०७५ असोज ७ गते महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
काउन्सिलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा अनुभूति दिलाउने गरी काम गरोस्ः मन्त्री खरेल








COMMENT
.