• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

भारतको सिलगुडीमा नेपालकी फुटी शेर्पाको दमदार प्रस्तुती

२९ पुष २०८१, सोमवार

काठमाडाैं - इलामकी गायिका फुटी शेर्पाले भारतको सिलगुडीमा आयोजित अन्तर्राष्ट्रिय गायन प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी छन् । वर्णमाला परिवारको आयोजनामा सञ्चालन भएको गायन प्रतियोगितामा उनले दोस्रो स्थान प्राप्त गरेकी हुन् ।

प्रतियोगिताको ‘टप थ्री लाइभ प्रस्तुति’ मा उनले द थ्री सिज ब्याण्डसँग मिलेर विशेष प्रस्तुति दिएकी थिइन  । शेर्पा भाषाको गीतमा टुंना बजाएर उनले दिएको प्रस्तुतिलाई सहभागीहरुले प्रशंसा गरेका थिए । प्रतियोगिता जनवरी ११ तारिखमा सम्पन्न भएको थियो ।

नेपालबाट छनोट भएकी गायिकाले फाइनलसम्म यात्रा तय गर्दा प्रशसां पाइरहेकी छन् । यसअघि उनले नेपालमा आयोजित ‘हिमालयन एथ्निक गायन प्रतियोगिता २०२४’ मा समेत दोस्रो स्थान हासिल गरेकी थिइन् ।

प्रतियोगितापछि आफू अत्यन्तै खुसी भएको साथै आफ्नो संस्कृतिप्रति आभारी रहेको बताउँदै गायिका फुटिले सधैं संगीतका लागि प्रेरित गरेको प्रतिक्रिया दिएकी छन् । हाल उनी हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको सचिव, शेर्पा समुदायको चर्चित टुङ्ना (डाम्ङ्यान) बाधक साथै विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छन्। उनी रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्ने पहिलो शेर्पा समुदायकी महिला गायिका समेत हुन् ।


COMMENT

.