मुस्ताङ, २९ फागुन – थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाले थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा धनुषवाण प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।
हिमाली क्षेत्रको इतिहास र संस्कृतिसँग जोडिएको धनुषवाण खेललाई संरक्षण, सम्वद्र्धन एवं पुस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले प्रदीप गौचनले बताएकाछन्। थासाङ थकाली समुदायहरुको उद्गमस्थलका रुपमा परिचित छ । यहाँका थकाली समुदायले मनाउँदै आएको तोरन्ल पर्वलाई गाउँपालिकाले यसै वर्षदेखि प्रतियोगिताका रुपमा मनाउन लागेको हो । गाउँपालिकाले धनुषवाण खेललाई यस वर्ष पालिका खेलकुदमा सूचीकृत गरिसकेको छ ।
प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरेकाछन् । उनले थकाली समुदाय थातथलो थासाङमा यसप्रकारको प्रतियोगिता आयोजना हुँदा संस्कृति र परम्परा जोगाउन सहयोग पुगेको धारणा व्यक्त गरेकाछन् । सांसद थकालीले थाकसातसय क्षेत्रको मुखिया प्रथा, त्यसको अगुवाको मिरमुखिया, परम्परागत धनुषवाण खेल यस समुदायको सम्पत्ति रहेको बताएकाछन् । “थकालीको महान पर्व तोरन्ल हो, यसपर्वमा फागुपूर्णिमा पनि जोडिन्छ, यस पर्वमा पनि सरकारले सार्वजनिक बिदा दिनुपर्छ”, उनले भनेका छन्।
प्रतियोगितामा ११ गाउँका युवा सहभागी रहेको खेल संयोजक एवं थासाङ–४ का वडाध्यक्ष नरेन्द्र शेरचनले जानकारी दिएकाछन्। प्रतियोगितामा सादा धनुषवाण प्रतियोगिता र आधुनिक आर्चरी प्रतियोगिता गरी दुई विधामा खेल आयोजना हुने संयोजक शेरचनले बताएकाछन् ।
त्यसअवसरमा गाउँपालिकाले सामाजिक योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । थासाङ गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि तीन रोपनी जग्गादान गर्ने थासाङ–४ का जीवन शेरचन र विपना शेरचन, झिप्रा देउरालीस्थित स्वास्थ्य चौकी भवन निर्माणका लागि दुई रोपनी जग्गादान गर्ने सुकबहादुर परियार र सन्तमाया परियार र पर्यटक र तीर्थालुलाई सहयोग गर्ने शेरचन थासाङ–२ नाउरीकोटका इन्द्रसिंह शेरचनलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचन छ वर्षदेखि निरन्तर काम गर्दै आएकाछन्।
त्यसअवसरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, न्यायाधिवक्ता देवेन्द्र आचार्य, थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घका अध्यक्ष कृष्णकुमार शेरचन, नेपाल आर्चरी सङ्घका केन्द्रीय सचिव योगेन्द्र शेरचन, गाउँपालिका अध्यक्ष प्रदीप गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, वडाध्यक्ष नरेन्द्र शेरचन, थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले फागुपूर्णिमा तथा थकाली तोरन्ल पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.