दमौली (तनहुँ), २ चैत – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहनुभएका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।भिमाद नगरपालिका–२ जिलाङस्थित थापा निवास पुगेर सञ्चारमन्त्रीले भोविमाया थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरप्रमुख थापाका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्रीले भोविमाया थापाको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। नेकपा (एमाले) तनहुँकी सङ्गठित सदस्य थापाको ५६ वर्षको उमेरमा गत शनिबार उपचारका क्रममा निधन भएको हो । उनी मिर्गौला रोगबाट पीडित थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य विष्णुभक्त सिग्देल लगायत एमाले नेता थापा निवासमा समवेदना व्यक्त गर्न पुगेका थिए। रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.