काठमाडौं – सेयर बजार परिसूचक नेप्से बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ। बुधबार र बिहीबार बढेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार भने १८.१४ अंकले घटेर २६३५.०९ अंकमा बन्द भएको हो।
सूचकमा गिरावट आएपनि आजको बजारमा लगानीकर्ताले यो हप्ता यताकै सर्वाधिक धेरै कारोबार गरेका छन्। यो दिन लगानीकर्ताले ७ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका हुन्। सूचक घटेपनि कारोबारमा लगानीकर्ता हौसिएका हुन्।नेप्से सूचक घटेपछि राताम्मे भएको बजारमा होटल तथा पर्यटन समूहबाहेकका सबै उपसमूहको सूचक घटेका छन्। होटल तथा पर्यटन समूहको भने ०.९९ प्रतिशतले सूचक बढेको हो।
कम्पनीगत रुपमा भने आज कारोबारमा आएका ३०८ प्रकारका धितोपत्र मध्ये ५५ वटा धितोपत्रको सेयरमूल्य बढेको छ भने १८० वटाको मूल्य घटेको छ। जसमा बराही हाइड्रो र हिमालयन पावर पार्टनरको मूल्यमा १० प्रतिशतको बृद्धि देखिदा रिभरफल्स, न्यादी हाइड्रो धेरै कमाउनेको तेस्रो र चौथौँ स्थानमा छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.