![](https://htcmedia.com.np/uploads/post_photo_1736152661.jpg)
पोखरा – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रवि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन् ।
सोमबारदेखि पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेकातर्फबाट बहस सुरु भएको हो । सो सहकारी ठगीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछाने गत कार्तिक २ गते देखी कास्की प्रहरी हिरासतमा रहेका छन् ।
आजबाट उनको पक्षमा सुरू भएको थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी, डा। नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै आधा दर्जन अभिवक्ताले बहस गर्दैछन् । शुक्रबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भए पनि यसअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्व डीआइजी छविलाल जोशी र लीला पछाईका कानुन व्यवसायीले बहस गरेका थिए ।
SHARE
अभिलेख
प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते
![](https://htcmedia.com.np/uploads/post_photo_1738842522.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738834759.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738831698.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738830850.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738829930.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724388.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1734435829.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733830073.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733820595.jpg)
COMMENT
.