
जलेश्वर(महोत्तरी),। महोत्तरीमा यस वर्ष ढिलो गरी धान रोपाइँ सुरु भए पनि किसानले धमाधम रोपाइँ गरेपछि अहिले जिल्लाको ७० प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ । साउनको दोस्रो साता ९साउन १५० बितिसक्दा पनि जिल्लामा पानी नपर्दा रोपाई सुरु नभई खडेरीको अवस्था सिर्जना भइसकेको अवस्थामा एक्कासी ३/४ दिनसम्म लगातार पानी परेपछि किसानले रोपाइँ सुरु गरेकामा अहिले जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले बताएका थिए ।
जिल्लामा लामो समयसम्म पानी नपर्दा धान रोपाइँ गर्न नपाएका किसानहरु चिन्चित भइरहेको अवस्थामा प्रधानमन्त्री केपीशर्मा ओलीले गत साउन ९ गते जिल्लाको मटिहानी नगरपालिकामा पुल उद्घाटन र प्रसुति गृह उद्घाटन गर्न आउनुभएका बेला यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा र तत्काल ५०० डीप बोर्डिङ्ग जडानका लागि सम्बन्धित निकायलाई आदेश दिएर गएका थिए ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशको खडेरीको अवस्थालाई हेलिकप्टरबाट निरीक्षणसमेत गरेर गएको एक सातापछि नै जिल्लामा पानी पर्न सुरु भएको थियो भने त्यसपछि यहाँका किसानले ढिलै भए पनि रोपाइँ सुरु गरेका थिए । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यस वर्ष ४० हजार हेक्टर जग्गामा धानखेती हुने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानहरुले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युबेलको सहयोगमा यसअघि धेरैथोरै रोपाइँ गरे पनि जिल्लाभरि साउन १५ पछि पानी पर्दा मात्रै रोपाइँ भएकोे थियो । कार्यालय प्रमुख रायले साउन १५ गतेसम्म पनि जिल्लामा पानी नपर्दा किसानले खेतमा लगाएको धानका बेर्ना बुढो भइसकेको अवस्थामा एक्कासी जिल्लामा ३÷४ दिनसम्म परेको पानीले यहाँका किसानहरुका लागि वरदान सावित भएको थियो र किसानले धमाधम रोपाइँ गरेर अहिले ७० प्रतिशत जग्गामा धानबाली लगाइसकेको बताएका थिए । जिल्लाका विभिन्न पालिकाका विभिन्न गाउँ टोलमा अझै पनि धान रोपाइँ जारी रहेकाले यो प्रतिशत अझै बढेर जाने कार्यालय उनले बताएका थिए ।
उनले यहाँका किसानहरुले भदैया, हर्दिनाथ, मुसलिम, कतरनी, बासमती जातका धानले खेत रोपाइँ गरेको बताएका थिए । गत वर्ष समयमा पानी पर्दा जिल्लाको कुल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष समयमा पानी नपर्दा धान उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.