
मुग्लिन (चितवन), २० वैशाख – विभिन्न जिल्लाबाट चितवन बसाइसरी आएका गुरुङ समुदायहरु भाषा संरक्षणमा जुटेका छन् । बसाइसराइँसँगै भाषा लोप हुने अवस्थामा पुगेपछि गुरुङ समुदाय भाषा संरक्षणका लागि जुटेका हुन् ।
भरतपुर महानगरपालिका–११ मा रहेको गोरखाली तमू समाजले भाषा संरक्षणका लागि गुरुङ भाषाको कक्षा सञ्चालन गरिरहेका छन् । बसाइसराइँसँगै भाषा बिर्सने जोखिम बढ्दै गएपछि संरक्षण गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गरिएको समाजका अध्यक्ष नेत्रबहादुर गुरूङले जानकारी दिएका थिए। अहिलेको पुस्ताले पनि भाषा नजाने नयाँ पुस्ताका लागि झनै समस्या हुने हुँदा भाषा नजान्नेका लागि कक्षा सञ्चालन गरिएको उनले बताउछन् । विसं २०६२ मा स्थापना भएको समाजले गुरूङ जातिको भाषा संरक्षण र सम्वर्द्वनलाई केन्द्रमा राखेर काम गर्दै आएको उनको भनाइ छ ।
चितवनमा गुरूङ जातिको बसोबास बाक्लिँदै गएको छ । त्यसमध्ये गोरखाली तमू समाजमा मात्रै करिब १०० घरधुरी आबद्ध छन् । समाजमा आबद्ध हुन बाँकी गुरूङहरु थुप्रै छन् । उनीहरुलाई समाजमा आबद्ध गराउने प्रयास भइरहेको अध्यक्ष गुरूङले बताएका थिए । समाजभित्रै कतिपय गुरूङ भाषाबारे अनविज्ञ हुँदा जान्नेबाट नजान्नेलाई भाषाको ज्ञान बढाउनका लागि औपचारिक कक्षा नै सञ्चालन गरिएको उनको भनाइ छ ।
गोरखा, धादिङ, तनहुँ, लमजुङलगायतका जिल्लामा जन्मिएर चितवन आएका गुरूङले भाषा सिकेका हुन् । गोरखाली तमू समाज मात्र नभई चितवनमा रहेका गुरुङ जातिसँग सम्बन्धित विभिन्न संस्थाहरु भाषा संरक्षणका लागि जुटेका छन् । यसअघि तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवन दुईहप्ते गुरुङ भाषा कक्षा सञ्चालन गरेका थिए ।
आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० चितवनका अध्यक्षसमेत रहनुभएका भाषा कक्षाको प्रशिक्षक तुलमान गुरूङका अनुसार चितवनमा विभिन्न जिल्लाबाट बसाइसरी आउने क्रम बढ्दो छ । तर बसाइ सरेर आएसँगै आफ्नो भाषा भने बिर्सदै गएका छन् । विभिन्न समयमा हुने भाषा कक्षा सञ्चालनले युवा पुस्तामा भाषा पुस्तान्तरण गर्नमा सहयोग पुग्ने उहाँको विश्वास छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार चितवनमा गुरुङ समुदायको कूल जनसङ्ख्या ४९ हजार आठ सय २७ छ । तर कूल जनसङ्ख्याको कति प्रतिशतले भाषा बोल्छन् भन्ने यकिन नभएको उनको भनाइ छ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.