काठमाडौं, १ चैत – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नियुक्त गरेकोे हो । डा पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसकेका छन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गरेका छन् ।
यसअघि भरतपुर अस्पतालको रजिष्ट्रार भइसक्नुभएकी डा पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेका छन । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.